तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा भारी बर्षा, सतर्कता अपनाउन आग्रह

उदयपुर। उदयपुरमा गए रातिदेखिको भारी वर्षाका कारण त्रियुगा नदीसहित आसपासका साना खोलाहरुमा बाढी आइरहेकोले उच्च सतर्कता अपनाउन जिल्ला स्थित विपद ब्यबस्थापन समितिले आग्रह गरेको छ।
जिल्ला स्थित जल तथा मौसम बिज्ञान बिभागले जिल्लाको त्रियुगा नदी गाइघाट जलमापन केन्द्रमा हाल जलसतह सतर्कता आसपास र बढ्दो क्रममा रहेको भन्दै जिल्लाका कुनै पनि नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन आग्रह गरेको छ।
उदयपुरमा हाल सम्म बाढी र पहिरोका कारण ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिनु भयो।
जिल्लाको रौतामाई गाउँपालिका ५ आँपटारका ५ बर्षिया राज राईको अमृत खोलामा आएको बाढीले बगाउदा मृत्यु भएको हो भने जिल्लाकै बेलका नगरपालिका ३ सातपत्रेका ५० बर्षिया इन्द्र बुढाथोकीलाइ स्थानीय गिदेरी खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनु भयो।
त्यस्तै आज मंगलबारको अविरल बर्षाका कारण पहिरो जाँदा पुरिएर एकको मृत्यु भएको प्रहरीले जनाएको छ। भने सोही पहिरोमा परी एक जना घाइते भएका छन् । पहिरोले पुरिएर मृत्यु हुनेमा त्रियुगा नगरपालिका वडा नम्बर १५ खाँबुस्थित तोरीवारि बस्ने बर्ष ९ की रुपकला मगर रहेकी छ । पहिरोमा परी मृतक रुलकला की आमा ४० बर्षिया हिराकुमारी मगर घाइते भएको बताइएको छ । घाइते हिताकुमारीको उद्धार गरि उपचारका लागि सदरमुकाम गाइघाट लैजादै गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ११

प्रतिक्रिया राख्नुहोस्

Back to top button