तपाईँ सुन्दै हुनुहुन्छः

मिनिट्रकको ठक्करबाट कर्मचारीको मृत्यु

दाङ। दाङको भालुवाङमा मिनिट्रकले मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

घोराही वाट चनौटा तर्फ जाँदै गरेको रा १ ख २०६३ नम्बरको मिनिट्रकले कालाकाटे वाट लालमटिया तर्फ जाँदै गर्दा गरेको लु १४ प ४१९९ नम्बरको मोटरसाइकललाई राप्ती गाउँपालिका १ पुलचोक फेरिखोला नजिक ठक्कर दिएको मोटरसाइकल चालक गढवा १ कालाकाटे निवासी वर्ष ४५ का सन्तोष कुमार योगीको मृत्यु भएको  ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ।

मृतक ऐरावति बहुमुखी क्याम्पसका सह-लेखापाल हुन् । ठक्कर दिने चालक र सवारी साधन ईलाका प्रहरी कार्यालय भालुवाङको नियन्त्रणमा रहेको छ भने मृत्युको पोष्टमार्टमका लागि घोराही लैजाने तयारी भइरहेको परिवार स्रोतले बत्ताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button