तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा पहिरोमा पुरिएकी महिलाको जीवितै उद्धार

गुल्मी । गुल्मीमा अविरल वर्षासँगै पहिरोमा पुरिएकी  एक जना महिलाको जीवितै उद्धार गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर– ३ ठाटिपौवा स्थित  ४५ की रुपा टमाटालाई जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो ।

टमाटाको ढुङ्गा माटोले बनेको १ तले  टिनले छाएको घरमा माथिबाट ढुङ्गा ,माटो सहितको पहिरो आई घर पुर्णरुपमा पुरेको थियो । उहाँलाई स्थानीय र प्रहरीले पहिरोबाट जीवितै उद्धार गरेका छन् । उद्धार पछि उहाँलाई थप उपचारको लागि रिडी प्राथमिक उपचार केन्द्रमा पठाएको प्रहरीले जनाएको छ । उहाँको अवस्था हल्का बोल्न सक्ने मध्यम रहेको छ । 

घटना घटेको समयमा निज एक्लै घरमा रहेको भन्ने बुझिएको छ । हाल घरमा निजको छोरी  रहेको र उनी  घाँस काट्न गएको भन्ने  बुझिएको  छ । उनका श्रीमान्  १ छोरा भारतमा रहेको  भन्ने बुझिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button