तपाईँ सुन्दै हुनुहुन्छः

गोरखाका विभिन्न सडक खण्डमा बाढी पहिरो 

गोरखा ।  दुई दिन देखि परेको अविरल वर्षातका गोरखाका विभिन्न सडक खण्डमा पहिरो गएको छ । पहिरोका कारण ग्रामीण क्षेत्रमा जाने सडकहरू अवरुद्ध भएका छन् । जिल्लाको फुजेल, बक्राङ, मनकामना, ताक्लुङ, धनसीरा, केराबारी लगायतका स्थानमा जाने सडकहरू पहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको छ । 

गोरखा जिल्ला भएर बहने मर्स्याङ्दी, चेपे, दरौँदी र बुढीगण्डकी नदी तथा तीनका सहायक नदीहरूमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै नदी किनारमा भएका खेतीयोग्य जमिनहरू कटानमा परेका छन् । 

हुन सक्ने प्राकृतिक प्रकोपको जोखिमलाई मध्यनजर गरेर सुरक्षा निकायलाई हाइ अलर्टमा राखिएको र अन्य तयारी समेत गरिएको गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button