तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले गोरुसिङ्गे सन्धिखर्क सडकखण्ड अवरुद्ध

अर्घाखाँची । अविरल वर्षासँगै आएको पहिरोले गोरुसिङ्गे सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ ।

पहिरोले गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको सन्धिखर्क ६ दहखोला र बहोखरमा पहिरो खसेको प्रहरीले जनाएको छ । घुम्ती देखि सन्धिखर्क सम्मको सडक सुचारु हुन करिब ४ घण्टा समय लाग्ने सन्धिखर्क नगरपालिकाका वडा अध्यक्ष श्रीधर महत्राले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो पन्छाउने कार्य भइरहेको छ ।

यता घुम्तीदेखि पत्थरकोट सम्मको बाटो एकतर्फी खोलिएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण थप पहिरो जानसक्ने खतरा कायमै रहेकोले सतर्क रहन प्रहरीले अनुरोधसमेत गरेका छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button