तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा बाढी पहिरोमा परी एक बेपत्ता, ८ घरमा क्षति

दोलखा/शुक्रवार रातिको अविरल वर्षाको कारण दोलखा गाैरीशङ्कर गाउँपालिका वडा नम्बर- ९ डाेगाङमा ठूला, साना गरि ८ वटा घर पूर्णरूपमा क्षति भएको छ भने एकजना बेपत्ता भएका छन् ।

अविरल वर्षाको कारण गाैरीशङ्कर गाँउपालिकाकाे छ्याेतछ्याेत- सिमिगाँउ- राेलवालिङ- च्छाेराेल्पा पदमार्गमा आएको बाढी पहिरोमा परी वडा नम्बर- ९ डाेगाङ का स्थानीय ६० वर्षीय जाङ्मु शेर्पा बेपत्ता भएको पालिका प्रमुख विश्वास कार्कीले बताउनु भयाे । पहिरोमा परी डाेगाङकाे  तीन वटा ठूला र पाँचवटा साना हाेटल समेत बगाएको पालिका प्रमुख कार्कीले बताउनु भयाे ।

शनिवार बिहानैबाट पालिकाको सक्रियतामा सुरक्षाकर्मी, स्थानीय नागरिक लगायतले उद्धार तथा खाेजिकार्य गरिरहेको पालिका प्रमुख कार्कीले बताउनु भयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button