तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा बैठक: मन्त्रालयगत शीर्षकहरूमाथि छलफल जारी

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयगत शीर्षकहरूमाथि छलफल जारी छ ।

छलफलमा सांसदहरुले बजेटले पिछडिएका समग्र क्षेत्र वर्गलाई सम्बोधन गर्न नसकेको र केही क्षेत्रलाई बढी प्राथमिकता दिइदा मुलुकको सन्तुलित विकास हुन नसक्ने बताउनुभयो ।

सांसदहरुले धार्मिक पर्यटनको सम्भावनालाई ध्यान दिन नसकेको, नेपाललाई पर्यटकीय स्थलका रुपमा विकास गर्न विमानस्थल, हिमाली लोक मार्ग, पर्यटकीय क्षेत्रका सेवा प्रदायकको विकास र गुणस्तर विस्तार गर्नुपर्ने बताउनुभयो ।

सांसदहरुले नागरिकको स्वास्थ्य उपचारमा सहज सेवा सुविधा प्रदान गर्ने तर्फ बजेटले विशेष सम्बोधन गर्न नसकेको र जनतालाई सहज रुपमा खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्य हासिल गर्न सुक्दै गएका खानेपानीका  स्रोतहरूको अध्ययन गरी आवश्यक नीति कार्यक्रम लागु गर्ने गरी बजेट ल्याइनु पर्ने बताउनुभयो ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, खानेपानी मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button