तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशस्तरीय स्क्वास छनौट प्रतियोगितामा कास्कीका आभान श्रेष्ठ प्रथम  

पोखरा  । गण्डकी प्रदेशस्तरीय स्क्वास प्रतियोगितामा कास्कीका आभान श्रेष्ठ प्रथम हुनु भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश स्क्वास र्याकेट सङ्घको व्यवस्थापनमा सोमबार बेलुका सम्पन्न पुरुष तर्फको उक्त प्रतियोगितामा कास्कीका श्रेष्ठले ७ अङ्क सहित प्रथम स्थान हासिल गर्न सफल हुनुभएको हो ।

प्रतियोगितामा नवलपुरका कासीराम भण्डारीलाई ६ अङ्कका साथ दोस्रो हुँदा कास्कीका राजु श्रेष्ठ तेस्रो हुनु भयो । राजुले ५ अङ्क ल्याउँदा कास्कीकै नवराज श्रेष्ठले ४ अङ्क ल्याउँदै सान्त्वना हुनु भएको हो । राउण्ड रोविनको आधारमा दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा पुरुष तर्फ १२ जना खेलाडी सहभागी हुनु भएको गण्डकी प्रदेश स्क्वास र्याकेट संघका अध्यक्ष अशोक रञ्जितले बताउनु भयो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरूले पदक सहित जनही नगद रु ५, ३ र २ हजार प्राप्त गर्नु भएको छ ।

त्यसै गरी महिला तर्फ प्रारम्भिक खेलाडीहरूको छनौट समेत गरिएको छ । छनौट हुने खेलाडीहरूमा गोर्खाकी कृष्णा थापा, समीक्षा ठकुरी, सृष्टिका उदास र निस्ता श्रेष्ठ रहनु भएको छ ।

प्रतियोगितामा विजयी खेलाडीहरूलाई प्रदेश खेलकुद परिषद्का सदस्य केशव पाठक, गण्डकी प्रदेश नीति तथा योजना आयोगका निवर्तमान उपाध्यक्ष डा.श्रीकान्त खतिवडा, गण्डकी प्रदेश स्क्वास र्याकेट संघका अध्यक्ष अशोक रञ्जित, महासचिव कमल बहादुर बस्नेत, जिल्ला स्क्वास संघका अध्यक्ष प्रविन पालिखे, पोखरा महानगर खेलकुदका अध्यक्ष दिपक बहादुर गोदार लगायतले पुरस्कार वितरण गर्नु भएको हो ।

दशौं राष्ट्रिय खेलकुदका लागि प्रारम्भिक छनौट प्रतियोगिता समेत रहेको उक्त छनौट प्रतियोगिताबाट पहिलो चरणमा पुरुष तथा महिला तर्फका ४-४ जना खेलाडीहरू छनौट हुनु भएको संघ प्रदेशका अध्यक्ष रञ्जितले जनाउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button