तपाईँ सुन्दै हुनुहुन्छः

परीक्षणका लागि १० हजार अलैँचीका बिरुवा रोपण

गुल्मी । गुल्मीमा अलैँचीका १० हजार बिरुवा परीक्षणका लागि रोपण गर्न लागिएको छ ।

जिल्लामा अलैँची खेतीको सम्भावना भएपनि व्यवसायी रुपमा खेती नभएकाले पहिलो पटक परीक्षणका लागि बिरुवा रोपण गर्न लागिएको हो । 

 कृषि ज्ञान केन्द्र गुल्मीले पहिलो पटक जिल्लामा परीक्षणका लागि अलैँची बिकास केन्द्रबाट १० हजार बिरुवा ल्याइ परीक्षणका लागि रोपण गर्न लागिएको छ । अलैँची बिकास केन्द्र इलामबाट गुणस्तरीय बिरुवा ल्याएकाले परीक्षण सफल भएमा व्यवसायी रुपमा नै खेती गर्ने गरी कार्यालयले योजना बनाउने भएको छ । अलैँचीलाई कालो सुन भन्ने सुनेकाले कार्यालयमा बिरुवा माग गरेको कृषक जुजमान पुनले बताउनुभयो ।

अलैँचीको जात र जग्गाको उचाई अनुसार फल पाक्ने समयमा भिन्नता पाइन्छ । कम उचाइमा खेती गरिने जातहरू श्रावणको अन्तिमदेखि असोज पहिलो हप्तासम्म, मध्य उचाइमा खेती गरिने जातहरू आश्विन महिना र अलैँची हुनसक्ने बढी उचाइमा लगाइने जातहरू कार्तिक महिनाको मध्यसम्म फल पाकी टिपाई गरिन्छ । 

 हाललाई मालिका र चन्द्रकोटलाई लक्षित गरी बिरुवा वितरण गरी रोपण गर्ने कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले बताउनुभयो । यस खेतीका लागि चिस्यान भएको जमिन आवश्यक पर्ने भण्डारीले बताउनुभयो ।

नेपालमा नगदेबालीको रुपमा यसको खेती पहाडी जिल्लाहरूमा गरिएको पाइन्छ । नेपालबाट यो भारतको अलावा पाकिस्तान र अरबी मुलुकहरूमा निर्यात हुन्छ । विदेशमा निकासी गरेर विदेशी मुद्रा कमाउन सकेता पनि खासै अलैँची किसानहरू बढी लाभान्वित हुन सकेका छैनन् । यसको मुख्य कारण अलैँची व्यापारमा बिचौलियाहरूको मनोमानी हुनु हो । नेपालमा अलैँची खेती गरिएता पनि यसको खपत नगन्य मात्रामा छ । कूल उत्पादनको ९०% भन्दा बढी विदेशमा निर्यात हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button