तपाईँ सुन्दै हुनुहुन्छः

बाँके: ब्याड छ तर बर्सात छैन

बाँके । देशैभर असार पन्ध्रको अवसरमा धान दिवस मनाइरहँदा बाँके जिल्लामा पनि धान दिवस मनाइएको छ ।

 ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ  २१ औँ राष्ट्रिय धान दिवस मनाइएको हो । दिवसका अवसरमा बाँकेको विभिन्न क्षेत्र लगायत नेपालगन्ज–१९ शान्ति चौकमा पनि कृषि मन्त्रालय र कृषि ज्ञान केन्द्र बाँकेले रोपाई महोत्सव आयोजना गरेको छ । बाँकेमा अहिलेसम्म २ प्रतिशत मात्रै धान रोपाई भएको ज्ञान केन्द्रका प्रमुख सकिल अहमदले बताउनुभयो । ब्याड तयारी अवस्थामा रहेपनि पर्याप्त बर्सात नभएका कारण किसानहरुले अझै रोपाइ गर्न नपाएको उहाँले बताउनुभयो । 

दिवसका अवसरमा लुम्बिनी प्रदेशका अर्थमन्त्री चेत नारायण आचार्य, जल स्रोत तथा ऊर्जामन्त्री कृष्ण केसी नमूना, कृषिमन्त्री भण्डारी लाल अहिर,आन्तरिक मामिला मन्त्री दिनेश पन्थी, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, नेपालगन्जका उपमेयर कमरुद्दीन राई,कृषि मन्त्रालयका सचिव श्रीधर ज्ञवाली, कृषि ज्ञान केन्द्रका प्रमुख सकिल अहमद र एमाले नेता मिन बहादुर मल्ल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button