तपाईँ सुन्दै हुनुहुन्छः

कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको छ:  मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन प्रदेश सरकार विशेष योजनाका साथ अघि बढेको  बताउनु भएको छ । 

मोरङको जहदा गाउँपालिका वार्ड न-३ मा   आज आयोजित २१ अैाँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै उहाँले कोशी प्रदेशमा  उत्पादकत्व  बढाउँदै  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  क्षेत्रमा खाद्यान्न  निर्यात गर्ने गरि सरकारले  कृषि क्षेत्रलाई महत्व दिएको बताउनुभयो ।

अव्यवस्थित सहरीकरण कारण कृषियोग्य जमिनको दुरुपयोग वढदै गएकाले त्यसलाई व्यवस्थित गर्नु आवश्यक रहेको उहाँको भनाई थियो ।

 मुख्य मन्त्री कार्कीले कृषि क्षेत्रमा लाग्ने किसानलाई राज्य वाट कुनै प्रकारको प्रोत्साहन सहयोग नभएका  कारण कृषि पेशा प्रति नैरश्यता बढेकाले कृषि उत्पादन घटेको बताउनुभयो । 

 कृषि उत्पादन बढाउन उचित मल बिउ तथा सिचाइको पर्याप्त सुविधा हुनुपर्नेमा उहाँले जोड दिनुभयो । जलवायु परिवर्तनको असरका कारण कृषि उत्पादन घटेको मानव जीवन कष्टकर बन्दै गएकाले यो कुरालाई ध्यान दिएर उत्पादन बढाउनु पर्ने उहाँले बताउनुभयो । 

नेपाल कृषि प्रधान मुलुक भने पनि कृषि उपजका लागि हामी विदेशसँग निर्भर हुनु यो राम्रो सङ्केत होइन उहाँले भन्नुभयो । 

उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा लेखराज दाहालले कृषि उत्पादन बढाउन नेपाल सरकारले कोशी प्रदेशमा उन्नत जातको स्वच्छ गुणस्तर बिउ उत्पादनका लागि जापान सरकारको जाइका प्रोजेक्ट सञ्चालनमा ल्याएको बताउनुभयो ।

 कार्यक्रम कृषि विकास निर्देशनालय विराटनगरका प्रमुख प्रकाश कुमार डाँगीले कोशी प्रदेशमा अहिले सम्म भएको  धानको रोपाई तथा उत्पादनको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र साहले आधुनिकीकरण कृषि प्रविधिमा जोड दिनुभयो । 

 सो अवसरमा जाइका परियोजनाको नयाँ  प्रविधि अनुसार मुख्यमन्त्री कार्की लगायत सहभागीहरूले संयुक्त रुपमा धान रोपाई गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button