तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको विशेष समयमा बोल्नुहुँदै सांसदहरुले जाजरकोटमा भूकम्प पीडितले अझै पनि राहात प्राप्त गर्न नसकेको, बलात्कार जस्ता आपराधिक क्रियाकलाप रोक्न सजायमा कडाइ र सचेतना अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसदहरुले अर्थतन्त्रको वृद्धिका लागि सरकारी र नीजि क्षेत्रबिच सन्तुलन र समन्वय कायम गरी करको दायरा बढाउनुपर्ने, विप्रेषणबाट प्राप्त रकम उत्पादनमा लगानी गर्दै उद्योग विस्तार गर्नुपर्ने लगायतका सुझाव दिनुभयो ।

यस्तै सांसदहरुले बाढि पहिरोबाट धेरै जनधनको क्षति भएको, एसइईमा अनुत्तीर्ण हुने विद्यार्थी सङ्ख्या धेरै भएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button