तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक:  राहत,उद्धार र क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसद्हरुले मनसुन शुरु हुनु पूर्व भएका विपद्का घटनाबाट पीडितहरूलाई राहत, उद्धार तथा क्षतिपूर्तिको उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ  ।

बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले मनसुन सुरु नहुँदै मुलुकका विभिन्न भूभागमा गएको बाढी पहिरो र चट्याङका कारण धन जनको क्षति भएको भन्दै पीडितलाई उचित राहत,उद्धार र क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद्हरुले वर्षायाममा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि ठोस कार्य योजनासहित जोखिमयुक्त ठाउँमा जनशक्ति परिचालन गर्न माग गर्नु भयो ।

आजको  बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथी छलफल हुने कार्य सूची रहेको छ ।

यस्तै बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्” भनी सभा समक्ष प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची समेत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button