तपाईँ सुन्दै हुनुहुन्छः

बिरिङ पुल भत्किदाँ आवत–जावतमा समस्या

झापा । झापाको हुलाकी सडकखण्डअन्तर्गत बिरिङ पुलको पूर्व र पश्चिमपट्टीको भाग वर्षाका कारण भत्किएको छ ।

दुबैतर्फको सडक भत्किएपछि सबैखाले सवारी साधन आवत–जावतमा समस्या भएको छ ।

पुलको पूर्वतर्फको भाग बाह्रदशी गाउँपालिकामा र पश्चिमी भाग झापा गाउँपालिकामा पर्छ । झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले पुलको दुबैतर्फको सडकको भाग भत्किएको जानकारी गराउँदै तत्काल मर्मत गरेर सवारी आवागमनलाई सहज तुल्याउने बताउनुभयो ।

हुलाकी सडक आयोजना कार्यालय इटहरीले  मर्मतका लागि चाँडै कर्मचारी पठाउने  जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button