तपाईँ सुन्दै हुनुहुन्छः

महिलाको शव फेला

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ तालामाराङमा एक महिलाको शव फेला परेको छ । 

 बिहीबार बिहान अन्दाजी २२ वर्षीय निशाकुमारी तामाङको शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका  प्रहरी प्रमुख ,प्रहरी निरीक्षक भगवती तिमिल्सेनाले जानकारी दिनुभयो । 

परिवारसँग बुधबार काठमाडौँ जान्छु भनेर हिँडेकी उनी हेलम्बु गाउँपालिका-२ चिउरीखर्कस्थित खोला तर्दै गरेको अवस्थामा स्थानीयले देखेका थिए । लामो समयपछि पनि नफर्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । शव पोस्टमार्टमका लागि काठमाडौँ  पठाउन लागिएको  तिमिल्सेनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button