तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

file photo

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले रणनीतिक सडकको निर्माणमा भइरहेको ढिलाइ, मुलुकका विभिन्न भागमा बाढी पहिरोले क्षति पुर्‍याएका सडक र पुलको समयमा निर्माण हुन नसक्दा स्थानीय खेप्नुपरेको दुःख लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

सांसदहरूले बजेटमाथि छलफल तथा बहस भइरहेको अवस्थामा असन्तुलित रुपमा रहेको बजेट परिवर्तन हुन्छ की हुँदैन भन्ने विषयमा प्रश्न उठाउँदै पुरानै ढाँचामा छलफल गर्ने र पास गर्ने प्रक्रियामा मात्रै जाँदा यसको सान्दर्भिकता नभएको बताउनुभयो ।

सांसदहरूले वि.स २०१५ देखिका संसद्को आन्तरिक अभिलेखलाई नागरिकले सजिलै अध्ययन गर्ने र हेर्न सक्ने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसदहरूले सडकको स्तरोन्नति, किसानका लागि समयमा नै मलको व्यवस्था, बढी पहिरो सुरु हुने बित्तिकै देशका विभिन्न भागमा क्षति शुरु भएकाले जोखिममा रहेकाहरूको सुरक्षा लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button