तपाईँ सुन्दै हुनुहुन्छः

अत्तिविपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य विमा

गुल्मी । गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिकाले अत्तिविपन्न परिवारका सदस्यहरूको लागि निःशुल्क स्वास्थ्य विमा गरिदिने भएको छ ।

आर्थिक वर्ष २०८१÷ ०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले गाउँपालिका भित्र रहेका अत्तिविपन्न परिवारको पहिचान गरी उनीहरूको निःशुल्क स्वास्थ्य विमा गरिदिने बताउनुभयो ।

गुल्मी दरबार गाउँपालिका भित्रका नागरिकको आर्थिक अवस्था कमजोर भएका, स्वास्थ्य उपचार गराउनबाट बञ्चित भएका नागरिकहरूको स्वास्थ्य विमा गरिने बताउनुभयो ।

त्यस्तै पछिल्लो समयमा जङ्गली जनावर बाँदर र बँदेलले कृषकहरूलाई सताएको भन्दै उक्त समस्याको समाधानमा पनि उचित पहल गरिने पालिकाले जनाएको छ ।

कृषि उत्पादनमा वृद्धि: गुल्मी दरबारको समृद्धिको अवधारणा लिई कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले खेत देखी पेट सम्म, गोठ देखी ओठ सम्म कार्यक्रम लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button