तपाईँ सुन्दै हुनुहुन्छः

संरक्षण र प्रचारप्रसारको अभावमा ओझेल पर्‍यो डोँटे गुफा

दाङ । दाङको बंगलाचुली गाउँपालिकामा रहेको डोँटेमा रहेको डोँटे गुफा संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

बंगलाचुली गाउँपालिका–४ डोँटेमा रहेको रहेको डोँटे गुफाले धेरैको मन लोभ्याउन सक्छ । तर, भौगोलिक विकटता र प्रचार–प्रसारको अभावमा यो धार्मिक र ऐतिहासिक गुफा ओझेलमा परेको छ ।

जिल्ला सदरमुकाम घोराहीदेखि झण्डै २४ किलोमिटर टाढा बंगलाचुली गाउँपालिका–४ स्थित डोँटे टोलको उत्तर पूर्वतर्फ यो गुफा रहेको छ । यस गुफाभित्र आकर्षक आकृतिहरू देख्न पाइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button