तपाईँ सुन्दै हुनुहुन्छः

माटोको उर्वराशक्ति घट्दै 

सल्यान । सल्यानका खेतीयोग्य जमिनको माटोमा उर्वराशक्ति घट्दै गएको छ । खेतबारीमा रासायनिक मल र विषादीको अनियन्त्रित प्रयोग हुने भएको उर्वरा र उत्पादन शक्ति घट्दै गएको हो ।

 खेतीयोग्य माटोका लागि नभई नहुने पोषकतत्वमध्ये क्षारीय, नाइट्रोजन, प्राङ्गारिक पदार्थ र फस्फोरसको मात्रा कम देखिएको छ भने माटोमा अम्लीयपना धेरै देखिएको छ ।

 जिल्लाका विभिन्न स्थानमा गरिएको मोटो परीक्षणमा माटोको अम्लियनपना धेरै देखिएको हो । विशेषगरी सुन्तला र तरकारी खेती हुने स्थानको माटोमा अम्लियपन धेरै देखिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । माटोमा सात पिएसमान हुनु पर्नेमा परीक्षण गरिएका अधिकांश माटोमा ४ दशमलव ५ देखि ६ दशमलव ४ पिएसमानसम्म देखिने गरेको कार्यालयले जनाएको छ । 

जिल्लाका २ सय ३० किसानको माटो परीक्षण गर्दा २ सय १० किसानको माटोमा अम्लियनपन देखिएको कृषि विकास कार्यालय सल्यानका कार्यालय प्रमुख रेशम कुमार बस्नेतले जानकारी दिनु भयो । उहाँको भनाई अनुसार माटोको अम्लियपन घटाउन कृषि चुना वितरण गरिरहेको छ । गाईबस्तुको मलको सट्टा रासायनिक र विषादीको प्रयोगले माटोको जैविक गुण घटाएको छ उहाँले भन्नु भयो । 

एउटै किसिमका मात्र बाली पटक पटक लगाउँदा पनि माटो रुखिने कार्यालयको भनाई छ । बाली चक्र अपनाएर फेरीफेरी खेत गर्ने र कोसेबालीको खेती बढाउँदा पनि माटोको उर्वराशक्ति बढाउन सकिने बस्नेतको भनाई छ । 

किसानहरूमा रासायनिक मल र विषादीको प्रयोगबारे ज्ञान नहुँदा पनि किसानहरुले आफ्नो माटो बिगारी रहेको शारदा नगरपालिका १ का किसान लुब्धकृष्ण भट्टराईले बताउनु भयो । उहाँले भन्नु भयो कुन खेतीमा के कति रासायनिक मल प्रयोग गर्ने भन्ने जानकारी नहुँदा आफ्नो अनुकूलतामा प्रयोग गर्दा उर्वरायुक्त माटो मासिँदै गएको छ । जसले हामीलाई नै हानी गरी रहेको छ ।  

माटोमा बढी अम्लियपन हुँदा सुन्तलाले सोचे जस्तो दाना दिन नसकेको बागचौर नगरपालिका ८ कोटमौलाका किसान पूर्ण बहादुर चन्दले बताउनु भयो । यो वर्ष सुन्तला किन राम्रो भएन भनेर चिन्ता लागेको थियो माटो परीक्षण गराउँदा थाहा भयो माटोमा अधिक अम्लीयपना भएर रहेछ । उहाँले भन्नु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button