तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्रीको मृत्यु

बाँके । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर-१४ हवलदारपुर नजिकै बसको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्रीको मृत्यु भएको छ।

नेपालगञ्जबाट कोहलपुरतर्फ आइरहेको ना ५ ख ५४४२ नम्बरको यात्रु बाहक बसले साइकल यात्रीलाई आइतबार साँझ ७ बजे ठक्कर दिएको हो ।
उक्त ठक्करबाट साइकल यात्री कोहलपुर-१४ बस्ने अन्दाजी ६५ वर्षीय बुधाई धोबी गम्भीर घाइते हुनु भएको थियो। घाइते धोबीको उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button