तपाईँ सुन्दै हुनुहुन्छः

वन संरक्षण र मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण प्रयास

नेपालगञ्ज । बाँकेमा मानव(वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै बन्यजन्तुहरुको सहज जीवनयापन र विचरण तथा वन संरक्षणका लागि थुप्रै प्रयासहरू गरिएका छन् ।

जङ्गली जनावरलाई जङ्गलमै भुलाउन तथा बस्तीमा पस्न नदिनका लागि बासस्थान सुधार कार्यक्रम लागू गरिएको छ । पानीको स्रोतको व्यवस्थापन गर्न वन क्षेत्रका विभिन्न १० ठाउँमा सिमसार क्षेत्र निर्माण गरिएको छ । वन्यजन्तुलाई पानी उपलब्ध गराउन कृत्रिम पानी पोखरी निर्माण भएका छन् ।

सब डिभिजन वन कार्यालय समसेर गन्जका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले २० हेक्टर क्षेत्रफलमा घाँसे मैदान बनाइएको बताउनुभयो । वन डढेलो नियन्त्रण गर्नका लागि नवीनतम प्रविधि अपनाइएको छ । ट्याक्टरको प्रयोग गरेर डढेलो नियन्त्रण गर्ने गरिएको छ । वरिष्ठ वन अधिकृत सुवेदीका अनुसार विद्यालयहरूमा इको क्लब गठन गरेर वन र वन्यजन्तु संरक्षणका लागि सचेतनामूलक अभियान सञ्चालन भएका छन् । सामुदायिक वनहरूलाई तालिम प्रदान गरेर क्षमता अभिमुखीकरण गर्दै आएको सुवेदीको भनाई छ ।

अनुदान दिएर निजी वन संरक्षण र संबद्र्धनको नीति लिइएको छ । जिल्लाका दुई स्थान नरैनापुर र ढकेरीमा हाइटेक नर्सरी निर्माण गरिँदैछ । उच्च गुणस्तरीय बिरुवा उत्पादन गर्ने उद्देश्यका साथ हाइटेक नर्सरी निर्माण गर्न लागिएको हो । ती नर्सरीबाट २०(२० हजार बिरुवा उत्पादन गर्ने लक्ष्य छ । घरपालुवा जनावरलाई वन्यजन्तुबाट जोगाउन कतिपय बस्तीहरूमा सुधारिएको घरगोठ बनाइएको छ । जिल्लामा ६०० सुधारिएको घरगोठ बनाइएको सुवेदीले बताउनुभयो ।

समुदायलाई उद्यमसङ जोड्न उद्यम विकास कार्यक्रम लागू भएको छ । जिल्लामा ८ वटा उद्यम पहिचान भएका छन् । एकीकृत भू परिधि व्यवस्थापन कार्यक्रमसङको सहकार्यमा जिल्लामा विभिन्न गतिविधिहरू कार्यान्वयनमा छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button