तपाईँ सुन्दै हुनुहुन्छः

बेलायतबाट प्राप्त हुने ८.१ मिलियन पाउन्ड बराबरको अनुदान स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले भूकम्पको कारण भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने ८.१ मिलियन पाउन्ड बराबरको अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री रेखा शर्माले स्थानीय पूर्वाधार कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशमा पछिल्लो पटक गएको भूकम्पको कारण भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप ८.१ मिलियन पाउन्ड बराबरको अनुदान स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो ।

मन्त्री शर्माले विश्व बैङ्कबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो ।

यस्तै, सरकारले विद्युतीय नियमन आयोगको रिक्त अध्यक्ष पदमा डा. रामप्रसाद धिताल, सदस्य पदमा डा.मधुसुधन अधिकारी र झमक प्रसाद शर्मालाई नियुक्त गर्ने, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा राजेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button