तपाईँ सुन्दै हुनुहुन्छः

विश्व रक्तदाता दिवसमा टेक्सासको डालासमा रक्तदान

अमेरिका । यस वर्षको विश्व रक्तदाता दिवस शनिबार अमेरिकाको टेक्सासमा रक्तदान कार्यक्रम गरी मनाइएको छ । 

हरेक वर्ष जुन १४ तारिखको दिन मनाइने विश्व रक्तदाता दिवसका अवसरमा ब्लड डोनर्स अफ अमेरिकाको टेक्सास च्याप्टरले नेपाली समुदायका दुई छुट्टाछुट्टै संस्थासँग मिलेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो । 

ब्लड डोनर्स अफ अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष अजय बगालेका अनुसार ‘वाको नेपाली समाज’सँगको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २२ र ‘लबक नेपाली समाज’सँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा छ जनाले रक्तदान गरेका थिए । 

उक्त रक्तदान कार्यक्रमका लागि कार्टर ब्लड केयर नामक ब्लड बैङ्कले बस तथा दक्ष जनशक्ति उपलब्ध गराएको थियो । रक्तदान गर्नका लागि स्वास्थ्य परीक्षण तथा निश्चित मापदण्ड पूरा गर्नुपर्ने भएकाले योग्य व्यक्तिहरूले मात्र रक्तदान गर्न पाउँछन् । अमेरिकी समुदायमा रगतको अभाव हुन नदिन ब्लड डोनर्स अफ अमेरिका टेक्सास च्याप्टरले नेपाली समुदायका तर्फबाट योगदान पु¥याउँदै आएको अध्यक्ष बगालेले बताउनुभयो । 

‘२० वर्षको उत्सवमा, धन्यवाद रक्तदाताहरू’ भन्ने नाराका साथ आज टेक्सासको ड्यालसमा रहेका नेपाली समुदायबीच बृहत् अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको ब्लड डोनर्स अफ अमेरिका टेक्सास च्याप्टरले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button