तपाईँ सुन्दै हुनुहुन्छः

एकै परिवारका तीन जना मृत फेला 

झापा । झापाको शिवसताक्षी नगरपालिका–३, भोटेपुल टोलमा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका डिएसपी कृष्ण चन्दका अनुसार, सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, छोराहरू ८ वर्षीय विशाल बेस्रा र २ वर्षीय आयुश बेस्रा मृत अवस्थामा फेला परेका हुन् ।

स्थानीयका अनुसार, शुक्रबार छिमेकी घरका एक जना बच्चा खेल्न जाँदा बत्ती बलिरहेको र कोही झुन्डिएको जस्तो देखेपछि अरूलाई खबर गरेका थिए । त्यसक्रममा गएर स्थानीयवासी गएर हेर्दा अञ्जली झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।

नजिकै दुई छोरा विशाल र आयुश पनि मृत अवस्थामा फेला परेको डिएसपी चन्दले बताउनु भयो । उहाँका अनुसार, घटनास्थलमा मेची अस्पताल, भद्रपुरबाट विशेषज्ञ चिकित्सकको टोली पनि खटाइएको थियो ।

प्रारम्भिक जाँचमा दुई बच्चाको ‘विष’का कारण मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ । यद्यपि पोस्टमार्टम जाँचपछि नै यसको पुष्टि हुनेछ । फिँज निकालिरहेको अवस्थामा दुई जनाको शव भेटिएको थियो भने नजिकै विषको बट्टाको बिर्को पनि प्रहरीले फेला पारेको डिएसपी चन्दले बताउनु भयो ।

‘तीनै जनाको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।

अञ्जलीका श्रीमान् सुजन भने वैदेशिक रोजगारीका लागि कतारमा रहनुभएको छ। प्रहरीले घटनास्थलमा सुसाइड नोट वा अन्य कुनै सङ्केत फेला नपरेको डिएसपी चन्दले बताउनु ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button