तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात समूहद्वारा गोली हानी क्याम्पस प्रमुखको हत्या

बारा । बाराको आदर्श कोतवाल नगरपालिका–३ मा अज्ञात समूहले गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या गरेको छ ।

गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख आदर्श कोतवाल–२ खजुरिया टोल बस्ने हरिभूषण कुशवाहाको मृत्यु भएको हो ।

घाइते कुशवाहाको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अनुसन्धान जारी रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनुभयो ।

गत वर्ष कार्तिक १३ गते बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३६ वर्षीय गुड्डु भनिने रुपेश सर्राफको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button