तपाईँ सुन्दै हुनुहुन्छः

बाँदर आतङ्क विरुद्ध किसानको नारा जुलुस

दोलखा । बाँदर आतङ्कबाट प्रताडित दोलखा मेलुङ गाउँपालिकाका किसानहरू बुधवार मकैको बोट सहितको जुलुस लिएर सदरमुकाम चरिकोट आएका छन् ।

बाँदरले मकै, तरकारी, फलफूल लगायतका बाली नष्ट गर्ने र घर– घरमा पसेर मानिसलाई समेत आक्रमण गर्न थालेपछि आफूहरू बाँदर नियन्त्रण र सुरक्षाको माग गर्दै सदरमुकाम आएको स्थानीय बलराम श्रेष्ठले बताउनुभयो ।

ज्येष्ठ नागरिक र महिला समेत सहभागी जुलुसले सदरमुकामको बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई सात बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मेलुङका किसानहरूको ज्ञापनपत्र प्राप्त गरेको र त्यसलाई प्रधानमन्त्री कार्यालयमा पठाउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button