तपाईँ सुन्दै हुनुहुन्छः

गर्मीका कारण हेटौँडाका विद्यालय दुई दिन बन्द हुने

मकवानपुर । अत्यधिक गर्मीका कारण हेटौँडा उपमहानगरपालिकाका विद्यालय बन्द हुने भएका छन् । गर्मीले पठनपाठन प्रभावित भएपछि हेटौँडा उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ । “अत्यधिक गर्मीका कारण विद्यार्थी बिरामी परेको तथा पठनपाठनमा असहजता भएकाले केही समय विद्यालय बन्द गर्न जनप्रतिनिधि, विद्यालय तथा अभिभावकबाट अनुरोध भद्र आएकाले वर्षे बिदाबाट कट्टी हुने गरी मिति २०८१/२/३१ र ३२ गते विद्यालय बन्द रहने ब्यहोरा मिति २०८१/२/३० गरेको निर्णयअनुसार अनुरोध छ ।” सूचनामा भनिएको छ ।

सूचना अनुसार नगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तथा मन्टेश्वरी एवम् प्रारम्भिक बाल विकास केन्द्रहरू असार १ गते शनिबार परेकाले असार २ गतेबाट मात्र सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button