तपाईँ सुन्दै हुनुहुन्छः

‘वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार’

गुल्मी । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताउनुभएको छ ।

नेकपा एमाले गुल्मीको १२ औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले मुलुकलाई सुरक्षित भविष्यतर्फ लैजाने कुरा पहिलो भएकोले वर्तमान सरकारलाई नै निरन्तरता दिन एमाले तयार रहेको बताउनुभयो ।

एमालेको चिन्ता मुलुकप्रति, जनताप्रति, राष्ट्रको भविष्यप्रति भएको बताउँदै सरकारले राम्रो काम गर्छ भने निरन्तरता दिन कुनै समस्या नरहेको उहाँको भनाइ थियो ।

सचिव गोकर्ण विष्ट र पद्यमा अर्यालले वर्तमान सरकारले जनतामा नयाँ उत्साह जगाउने काम गर्न थालेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button