तपाईँ सुन्दै हुनुहुन्छः

चीनसँग व्यापार साझेदारी वृद्धि गर्दै चिनिया पर्यटक भित्र्याउनु पर्छ : मन्त्री तामाङ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले सरकारको चाहना ठूलो सङ्ख्यामा नेपालमा चिनिया पर्यटक भित्र्याउनु रहेको बताउनु भएको छ ।

आज नेपाल पर्यटन बोर्डमा आयोजित चिनिया भाषा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री तामाङले नेपालले व्यापार साझेदारी वृद्धि गर्दै लाखौँको सङ्ख्यामा चिनिया पर्यटक भित्र्याउन चाहेको बताउनु भएको हो ।  नेपाल दुई ठुला छिमेकी मुलुक भारत र चीनका लागि आकर्षक पर्यटकीय गन्तव्य रहेको पनि उहाँले बताउनुभयो । 

उहाँले भृकुटीले नेपालमा जन्मिएका भगवान् गौतमवुद्धको दर्शन फैलाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै चिनिया आर्थिक विकास र समृद्धिबाट चीन विश्वकै एक महाशक्तिका रुपमा उदाई रहेकाले नेपालको एक असल छिमेकी र मित्रको नाताले यो चीनको सफलता नेपालको अवसर पनि हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

परापूर्व कालदेखिनै सांस्कृतिक सम्बन्धका हिसाबले प्रगाढ सम्बन्ध रहेको चीन आर्थिक र प्राविधिक हिसाबले नेपालको बलियो साझेदारी रहेको भन्दै मन्त्री तामाङले चीन सरकारलाई सहयोगका लागि धन्यवाद दिनुभएको छ ।

उहाँले भन्नुभयो, चीन नेपालको एक असल छिमेकी र मित्रको नाताले चीनले गरेको विकासले  हाम्रा लागि पनि सकारात्मक र ठुलो अवसर हो। चीन र नेपालबीच सांस्कृतिक बाहेक आर्थिक र प्राविधिक सहायताका लागि पनि चीन सरकारलाई हार्दिक धन्यवाद छ ।”

“सञ्चार र यातायातको व्यापक विकासले र आजको विश्व भूगोललाई व्यापक बनाएको दृष्टिले चिनिया भाषाको सिकाई महत्वपूर्ण छ । पर्यटनको महत्वपूर्ण बजार चीन पनि हो । चिनिया पर्यटक दशौँ लाखको सङ्ख्यामा भित्र्याउने सरकारको मनसाय छ । ” मन्त्री तामाङले भन्नुभयो ।

आगामी दिनमा लाखौँ हैन दशौँ लाख चिनिया पर्यटक भित्र्याउने लक्ष्य आफ्नो मन्त्रालयको रहेको भन्दै मन्त्री तामाङले त्यसका लागि लाखौँ चिनिया भाषा सिकेका गाइडहरूको आवश्यकता रहेकोमा मन्त्री तामाङको जोड थियो । भारतीय पर्यटकसँग भाषाको समस्या त्यति जटिल नभए पनि चिनिया भाषा जानेका टुरिस्ट गाइडको कमी हुँदा समस्या उत्पन्न हुनेगरेको उहाँले बताउनु भयो ।

मन्त्री तामाङले चिनिया नागरिकसँग सहज रुपमा व्यापार सम्बन्ध बढाउन तथा पर्यटकको सङ्ख्यामा वृद्धि गर्न हरेका होटल रेस्टुरेन्ट, रिसोट, क्याफे लगायत पर्यटन गन्तव्य स्थलहरूमा चिनियाँ भाषा जान्ने कामदार र गाइडको आवश्यकता रहेको बताउनुभयो । त्यसको लागि पर्यटन बोर्ड र नेपाल चीन शैक्षिक केन्द्रले भाषा प्रशिक्षण तालिम राखेर राम्रो प्रयत्न गरे पनि यो पर्याप्त नहुने भन्दै उहाँले अन्य विभिन्न संघसस्थासँगको सहकार्यमा यस्ता कार्यक्रम नियमित र निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो ।नेपालको पर्यटन बजारलाई चिनिया लगायत अन्य भाषाका गाइडहरू लाखौँको सङ्ख्यामा आवश्यकता हुने उहाँको भनाई थियो ।

सरकार र नीजि क्षेत्रको सहकार्यमा भाषामा दक्ष टुरिस्ट गाइड उत्पादन गर्न सके नेपालको पर्यटन क्षेत्रलाई आवश्यक जनशक्ति पुरा गर्न सकिने पनि मन्त्री तामाङको भनाई थियो । नेपालको पर्यटन विकासको लागी उदाउँदो आर्थिक शक्ति चिन एक महत्वपूर्ण बजार हो उहाँले भन्नुभयो,”चिनिया पर्यटकको सङ्ख्या बढाउने लक्ष्य राखिरहँदा उनीहरुलाई नेपालका पर्यटकीय क्षेत्रको अवलोकनका क्रममा आफ्नै भाषामा जानकारी दिन सक्ने चिनिया भाषा सिकेका गाइडहरूको आवश्यकता पर्ने देखिन्छ । दक्ष जनशक्ति (गाइड) उत्पादनका लागि मन्त्रालयले पनि आवश्यक सहजिकरण गर्नेछ ।” चिनिया लगायत अन्य भाषाका गाइडहरू नेपालमा लाखौँको सङ्ख्यामा आवश्यकता छ ।

एक आपसको भाषाको ज्ञानले जनस्तरमा पनि सम्बन्ध र सम्पर्क अझ विस्तार र प्रगाढ हुनेमा जोड दिँदै उहाँले चीनीयाहरुलाई पनि नेपाली भाषा सिके राम्रो हुने सुझाव दिनुभयो । त्यसको लागि चिनिया शहरहरुमा नेपाली भाषा शिक्षणको आवश्यकता परे नेपालले प्रशिक्षण पठाएर सहयोग गर्ने आश्वासन मन्त्री तामाङले दिनुभएको थियो । 

 मन्त्री तामाङले भन्नुभयो, “नेपालमा व्यापार, व्यवसाय र अन्य कामका सिलसिलामा बस्नु भएका चिनिया नागरिकले पनि नेपाली भाषा सिक्दा अझ राम्रो हुन्छ । यदि चीनका शहरहरुमा पनि नेपाली प्रशिक्षक आवश्यकता परे हामी यसको व्यवस्था हामी गर्नेछाै ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button