तपाईँ सुन्दै हुनुहुन्छः

जसपा महाधिवेशन : अध्यक्ष उपेन्द्र यादवको राजनीतिक प्रतिवेदन पारित

जनकपुरधाम । जनता समाजवादी पार्टीको जनकपुरधाममा जारी एकता प्रथम राष्ट्रिय महाधिवेशनको बन्द सत्रबाट अध्यक्ष उपेन्द्र यादवले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन सुझावसहित पारित भएको छ ।

प्रतिवेदनमा देशको वर्तमान राजनीतिक अवस्था, विश्व परिवेश तथा जनता समाजवादी पार्टीमा आएको विभाजन लगायतका विषय समेटिएका छन् । बन्द सत्रमा अन्य प्रतिवेदन पनि पेश गरी छलफल र बहसपछि परिमार्जनसहित पारित गरिने जसपाले जनाएको छ ।

महाधिवेशन भोली नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button