तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रम लागू

बाँके । लुम्बिनी प्रदेशमा संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रम लागू भएको छ। प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले २ सय १७ वटा कार्ययोजनाहरु कार्यान्वयनमा ल्याएको छ। जसबाट करिब २६ लाख घन फिट काठ र ८ हजार दाउरा उत्पादन हुने अनुमान गरिएको छ।

वन संवर्द्धन प्रणाली भनेको बुढा रुख काट्ने, नयाँ बिरुवा उमार्ने र हुर्काउने प्रक्रिया हो । यही प्रक्रिया अन्तरगत लुम्बिनी प्रदेशभित्र पुरै वन क्षेत्रमा व्यवस्थापन गर्दा २ करोड ५० घन फिट काठ र ७५ हजार चट्टा दाउरा निस्कने अनुमान गरिएको छ। जसबाट २० अर्ब ७५ करोड आम्दानी हुने र राजस्व सङ्कलन पनि ५ अर्ब १८ करोड पुग्ने वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसरी वन संवर्द्धन प्रणाली लागु भई वन व्यवस्थापन भए सामाजिक विकासमा समेत टेवा पुग्ने वन निर्देशक दलिलाल कँडेलले बताउनुभयो ।

अहिले सामुदायिक वनमा वन कार्ययोजना तयार पार्ने र कार्ययोजना तयार भएका वनमा कार्यान्वयन गर्ने काम भइरहेको छ। लुम्बिनी प्रदेशमा संरक्षित क्षेत्र बाहेकको वनभित्र ७ लाख ८९ हजार २ सय ७९ हेक्टर वन क्षेत्र रहेको छ। तीमध्ये करिब ५ लाख हेक्टर वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन गर्न सकिने वन क्षेत्र रहेका छन् ।

लुम्बिनी प्रदेशभित्र ९ लाख ७४ हजार ३ सय ८१ हेक्टर वन क्षेत्र रहेको छ। जसमा भूगोलको ४३।७२ प्रतिशत वनले ओगटेको छ। जसमध्ये सामुदायिक वनहरू ४ हजार ३७ रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button