तपाईँ सुन्दै हुनुहुन्छः

धान नबिकेपछि झापाका किसान चिन्तित

झापा । चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् ।

केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन रु एक हजार ५० देखि एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताउनुभयो । खेतमा धान पाकेर अलपत्र परेको उहाँको भनाइ छ । धान स्थान सुपर जोन समन्वय समितिका सदस्य समेत रहनुभएका उहाँले किसानलाई सरकारले प्रोत्साहन गरेकै कारण उत्पादन बढ्ने बताउनुभयो । । उत्पादित धानको उचित व्यवस्थापन सरकारले गर्नुपर्ने उहाँले बताउनुभयो ।

करिब तीन बिघा क्षेत्रफलमा चैते धानखेती गर्नुभएका कचनकवल–३ का अर्का किसान तोयानाथ मिश्रको यो वर्ष दुई सय ५० मन धान उत्पादन हुने अनुमान छ ।

चैते धानमा चिस्यान बढी हुने भएकाले भण्डार गरेर राख्ने अवस्था नरहेको किसानहरू बताउँछन् ।

विगत एक दशकदेखि धान सुपर जोन घोषणा भएपछि कचनकवल क्षेत्रमा धान उत्पादन वृद्धि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button