तपाईँ सुन्दै हुनुहुन्छः

विपद् पूर्वतयारीमा जुट्यो तातोपानी गाउँपालिका 

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले मनसुन भित्रिनु भन्दा पहिलेनै विपद् बाट नागरिक बचाउने र राहत उद्धारको कामलाई चुस्त बनाउने तयारी थालेको छ । जुम्लाका आठ पालिका मध्ये विपद्  व्यवस्थापन तथा पूर्वतयारीमा तातोपानी सक्रिय देखिएको छ । यसले पनि विपदबाट नागरिक जोगाउन पालिका गम्भीर छ भन्ने पुष्टि गर्छ ।

 भित्रिएको मनसुन र त्यसले गर्न सक्ने क्षतिलाई मध्यनजर गर्दै विपद् पूर्वतयारीलाई मजबुद बनाउन पालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसेर विभिन्न निर्णय गरिएको  तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताउनुभयो । 

उहाँले भन्नुभयो,तातोपानी पनि बाढीको जोखिममा छ । नागरिक जोगाउनु हाम्रो दायित्व हो । स्रोत साधन जनशक्तिले भ्याए सम्म हामी रातदिन खटिन तयार छौ । जनता पनि विपदमा समेत हुन जरुरी छ । कहाँ के भइरहेको छ सूचना दिएमा हामीलाई सहज हुने छ । ु

प्रमुख प्रशाकिय अधिकृत तीर्थ बहादुर कठायतले विपद पूर्व तयारीका लागि विभिन्न ६ वटा निर्णय भएको बताउनुभयो। उहाँका अनुसार पालिका स्तरीय विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले सूचना प्रसारण गर्ने,इन्धन,खाधन्न मौज्दात राख्ने देखि युवा परिचालन गर्ने निर्णय गरेको हो ।

विपदबाट सजग रहन विभिन्न माध्यमबाट सूचना प्रसारण गर्ने,विपदमा युवा परिचालनका लागी सबै वडामा समूह गठन गर्नलाई वीरेन्द्र शाहीलाई जिम्मा दिने,विपद्का लागी २०० क्विन्टल खाधान्न का लागी खाद्य संस्थानमा अनुरोध गरि गाउँपालिकाले खरिद गरेर मौज्दात राख्ने,तत्काल सूचना पाउनलाई सरोकारवालाको हटसेफ  ग्रुप बनाउने, विपद्का लागी  २०० लिटर इन्धन मौज्दात र आवश्यक अत्यावश्यक सामान हालकै मूल्यमा उपलब्ध गराउने गरि गाउँपालिकाले कारोबार गरि राखेका व्यापारीलाई राख्न लगाउने र  विपद पूर्व तयारीमा आवश्यक सामाग्री तीन वटा प्रहरी चौकी  लिताकोट ,लाम्रा , टोफ्ला र वडा नं ७ कयरकोटमा  राख्न लगाउने निर्णय गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button