तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल सर्वसम्मत

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार देखि सदरमुकाम सन्धिखर्कमा सुरु भएको अधिवेशनमा अध्यक्षमा भुसाल र सचिवमा तोज बहादुर रायमाझी सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।

यस्तै उपाध्यक्ष र सहसचिव लगायतका पदमा भने निर्वाचन भएको थियो । उपाध्यक्ष पदमा शम्भु पोख्रेल ३ सय २४ मतका साथ विजयी हुनुभएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी प्रेम नारायण गैरेले १ सय ९९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उप–सचिवमा खगिस्वर पन्थीले ३ सय १४ मत लिएर विजयी हुनुभएको छ,भने उहाँका प्रतिद्वन्द्वी

श्रीकृष्ण भुसाल १ सय ८९ मत लिएर पराजित हुनुभएको छ ।यस्तै महिला तर्फबाट उपसचिव पदमा शिवकला बि।क।ले ३ सय४८ मत लिएर विजयी हुनुभएको छ ।उहाँका निकटतम प्रतिद्वन्द्वी गीता भाटले १ सय ४९ मत लिएर पराजित हुनुभएको छ ।

यस्तै महिला सदस्यमा कमला खनाल भण्डारी ,दिपा पन्थी आचार्य ,देवी थापा भुसाल मिश्रा आचार्य विजयी हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button