स्वास्थ्य मन्त्री यादवद्वारा दुई प्रमुख स्वास्थ्य संस्थाको अनुगमन
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/06/448154598_1015620009932705_4344127021132941561_n-1024x768.jpg)
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आज राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन गरी त्यहाँका गतिविधि र समस्याबारे जानकारी लिनुभएको छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले बजेट अभावका र जनशक्ति दरबन्दी यकिन नहुँदा छाती रोग अस्पताल सञ्चालनमा आउन नसकेको बताउनुभएको थियो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/06/448118764_1015619989932707_8383870495028054491_n-1024x768.jpg)
जवाफमा मन्त्री यादवले आवश्यक पूर्वाधार निर्माण र बजेट व्यवस्थापनको प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “बाँकी रहेका काम सम्पन्न गर्दै अस्पताल सञ्चालनको प्रक्रिया सुरु गर्नुहोस्, बजेट व्यवस्थापन मेरो जिम्मामा छ ।”
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/06/448033036_1015617663266273_6742840470241305168_n-1024x768.jpg)
मन्त्री यादवले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमनका क्रममा त्यहाँ उपचाररत बिरामी, कुरुवा, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसँग छलफल गर्नुभयो । केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले केन्द्रको भवन साँघुरो भएकाले सेवा प्रवाहमा आइरहेका समस्या अवगत गराउनुभएको थियो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/06/448031248_1015619963266043_3344707931464398376_n-1024x768.jpg)
मन्त्री यादवले केन्द्रले केन्द्रले सामना गरिरहेका समस्या समाधान गर्न मन्त्रालयबाट आवश्यक कदम चाल्ने र बजेट व्यवस्थापनको प्रतिबद्धता जनाउनुभयो । उहाँले दुवै केन्द्रमा रहेका पूर्वाधार र प्राविधिक आवश्यकता पूरा गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/06/448083258_1015617606599612_436652739154456129_n-1024x768.jpg)
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/06/448025450_1015617613266278_575363609618750047_n-1024x768.jpg)
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/06/448155075_1015617733266266_4787402108472179438_n-1024x768.jpg)
प्रतिक्रिया राख्नुहोस्