तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती नदीमा डुबेर एक जनाको मृत्यु

दाङ । राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका-२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुन रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

सितगंगा नगरपालिका वडा नम्बर ८ को बडिदमार भन्ने स्थानमा राप्ती नदीमा शनिबार बेलुका ४ः३० बजेको समयमा जालहानी माछा मार्ने क्रममा एक्कासी नदीमा डुबेर बेपत्ता भएको र खोजतलासको क्रममा करिब ५० मिटर पर नदिले बगाएर किनारमा फालेको मृतकका भिनाजु रामबहादुर घर्ती मगरले बताएका छन् ।

मृतक पुनको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button