तपाईँ सुन्दै हुनुहुन्छः

भानु प्रतिष्ठानको अध्यक्षमा डा.लम्साल चयन

काठमाडौँ । भानु प्रतिष्ठानको अध्यक्षमा डा.नवराज लम्साल सर्वसम्मत चयन हुनुभएको छ ।

प्रतिष्ठानको आज काठमाडौँमा बसेको बैठकले मदन पुरस्कार विजेता एवं वरिष्ठ सञ्चारकर्मी डा.लम्सालको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

प्रतिष्ठानको उपाध्यक्षमा ऋषभदेव घिमिरे, महासचिवमा डा.रमेश शुभेक्षु, सचिवमा त्रिभुवनचन्द्र वाग्ले र पुरु लम्साल अनि कोषाध्यक्षमा ओम रिजाल निर्विरोध निर्वाचित हुनुभएको हो ।

प्रतिष्ठानको सदस्यमा डी.पी. अर्याल, उषा भट्ट, हरिवोल ढकाल, प्रज्ज्वल कोइराला ,सीता ओझा र नवराज जैसी चयन हुनुभएको छ ।

निर्वाचित कार्य समितिको कार्यकाल दुई वर्षको हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button