तपाईँ सुन्दै हुनुहुन्छः

खोलामा डुबेर भारतीय नागरिकको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत कानपुर बस्ने अन्दाजी ३५ वर्षका फहीम अहमद रहेको प्रहरीले जनाएको छ ।

आज मध्याह्न करिब १२ बजे अन्य दुई जना साथीहरूसँग तिनाउ खोलामा नुहाउन गएका अहमद डुबेर घाइते भई उपचारको लागि बुटवल स्थिति लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकार सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button