तपाईँ सुन्दै हुनुहुन्छः

व्यावसायिक कृषितर्फ स्थानीयको चासो बढ्दै

दूध ,मासु र अण्डामा अर्घाखाँची आत्मनिर्भर

अर्घाखाँची । अर्थतन्त्रको प्रमुख स्रोतको रूपमा चिनिने कृषि क्षेत्रको विकासमा पछिल्लो समय कृषि पेसाप्रति आकर्षण बढ्दै जाँदा कृषि उत्पादन पनि वृद्धि हुँदै गएको छ । 

प्रतिकुल मौसममा पनि ताजा तरकारी उत्पादन गरि आपूर्ति गर्न अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको घोचेखोलामा सेमी हाइटेक प्रविधि र वर्षादको समयमा बेमौसमी तरकारी उत्पादन गरि मनग्य आम्दानी गर्न सफल भएको कृषक अगुवा तथा प्राविधिक प्रदीप आचार्यले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोनको सहयोगले प्रविधिमैत्री संरचना निर्माणमा सहयोग गर्दा उत्पादनमा दोब्बर बृद्धिभई एक सिजनमा मात्र सात लाख सम्मको काँक्रो र टमाटर उत्पादन गर्न सफल भएको   कृषि तथा पशुपन्छी फर्मका संचालनक सुशील आचार्यले बताउनु भयो ।

दूध, अण्डा र मासुमा अर्घाखाँची जिल्ला आत्मनिर्भर बन्दै गएको छ । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै आवश्यक दूध र मासुजन्य पदार्थको उत्पादन हुँदा जिल्ला आत्मनिर्भरतर्फ उन्मुख बन्दै गएको हो । लोकल कुखुरा,खसी बोका तथा कुखुरामा अर्घाखाँची बिगत पाँच बर्ष देखिनै आत्मनिर्भर बन्दै आएको छ । बाख्रा पालनको हब मानिने शितगंगा नगरपालिका बाट काठमाडौँ ,बुटवल पोखरा लगायतका सहरमा खसिबोका निर्यात भइरहेको शितगंगा नगरपालिका पशु शाखा प्रमुख गणेश थापाले जानकारी गराउनुभयो । सो क्षेत्र बाट वार्षिक ५०० भन्दा बढी खसिबोका निर्यात हुनेगरेका छन् ।

 जिल्लामा खपत भएको भन्दा बढी उत्पादित दूध र मासुजन्य पदार्थ जिल्ला बाहिर पनि निर्यात हुने गरेको छ । युवालाई पशुपालनमा आकर्षित गराउन जिल्लामा अनुदान वितरण गर्ने, तालीम प्रदान गर्ने, प्राविधिक सहयोग, नमुना बाख्रा स्रोत केन्द्र निर्माण गर्ने लगायतका कामहरू भइरहेका छन् । 

उत्पादनमा आधारित अनुदान, बीउबिजन वितरण, सिँचाइको प्रबन्ध, हावापानी अनुकूलको व्यावसायिक खेती प्रणाली, कृषि उपकरण वितरण, गोठ तथा खोर सुधारका कार्यक्रमहरू, कृषिसम्बन्धी तालिमलगायतका उत्पादन र उत्पादकत्व वृद्धिसम्बन्धी गतिविधिहरू सञ्चालन गर्दै आएपनि कतिपय कृषकले अनुदान लिने र बिचमै छाड्ने गरेका कारण सोचेजस्तो प्रगति हुन नसकेको पशु केन्द्रबिन्दु प्रमुख बिष्णु पौडेलले बताउनुभयो ।

कृषिजन्य बस्तु उत्पादनमा जिल्लामै अब्बल बनाउन अर्घाखाँचीका ६ ओटै स्थानियतहमा साना ठुला गरि तीन दर्जनभन्दा बढी योजना यो वर्ष कार्यान्वयनमा आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ अर्घाखाँचीका प्रमुख बिष्णु मग्रातीले बताउनु भएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button