तपाईँ सुन्दै हुनुहुन्छः

टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु 

उदयपुर । मदनभण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका-१ फुलजोरमा टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मङ्गलवार बिहान सदरमुकाम गाईघाटबाट पूर्व तर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिपरले ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार गाईघाटबाट पूर्व बेल्टार तर्फ जाँदै गरेको प्र १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकलमा सवार रामधुनी नगरपालिका सुनसरी घर भई त्रियुगा नगरपालिका ११ बस्ने ३० वर्षका रविन श्रेष्ठ र त्रियुगा नगरपालिका-३ चाँप बस्ने २४ बर्षकी हिरा राईलाई  विपरीत दिशाबाट आएको प्र १–०२– ००१ ख ८५१४ टिपरले ठक्कर दिँदा दुवै जनाको घटना स्थलमै मृत्यु भएको हो।

ठक्कर दिने टिपर र सवारी चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button