तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको हिमाली क्षेत्रमा उत्पादित रैथाने बालीको अमरगढीमा खेती गरिँदै

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाले बाजुराको हिमाली क्षेत्रमा उत्पादित रैथाने बालीको प्रवर्द्धन कार्यक्रम लागु गरेको छ । कृषि क्षेत्रमा आधुनिकीकरणको नाममा पुराना तथा मुल बिउहरू हराउँदै जान लागेको किसानहरूमा चिन्ता छ ।

किसानहरुले रैथाने बाली प्रवर्द्धन गर्न आवश्यक रहेको माग गरेकाले आर्थिक वर्ष २०७९/८० देखी कार्यक्रम निरन्तर सञ्चालनमा रहेको अमरगढी नगरपालिकाले जनाएको छ । 

यस क्षेत्रमा भएका कोदो, पहाडी गहुँ, धान, मकै, जस्ता कतिपय बालीहरू हराउन थालेकोमा यस कार्यक्रमले सहजता पुर्‍याएको स्थानीय कृषक गणेश भट्टले बताउनु भयो । नगर क्षेत्रका सम्पुर्ण वडाहरू र विशेषगरी वडा नं ७, १० र ११ मा कार्यक्रम लागु भएको छ । 

५ सय जति किसानहरुले बाजुराको हिमाली क्षेत्रमा उत्पादित काकुनो, कोदो फाँफर मार्सी लगाएतका रैथाने वाली हरुको बिउ लगाइ खेती गरिरहेका अमरगढी नगरपालिका कृषि शाखा प्रमुख रमेश भण्डारीले बताउनु भयो । 

नगरपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रम अन्तरगत खेती विस्तार गर्ने लगायत यसको विशेष प्रचार प्रसारमा जोडदिई बिद्यालय दिवा खाजा कार्यक्रम , यान्त्रीकरण सहयोग , परिकारको प्रदर्शनी जस्ता कामहरू गरिरहेको प्रमुख भण्डारीले बताउनु भयो । पछिल्लो समय जलवायु परिवर्तन, जङ्गली जनावरहरूले वाली सखाप पार्ने , शहरी क्षेत्रमा बढ्दो बसाइँ सराइ जस्ता कारण रैथाने वाली संरक्षणमा चुनौती थपिँदै गएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button