तपाईँ सुन्दै हुनुहुन्छः

बेनी जाँदै गरेको बस कास्कीको लेवाडेमा दुर्घटनाग्रस्त

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंं १ लेवाडे घुम्तीमा आज बिहान यात्रु बस दुर्घटनामा परेको छ । सो दुर्घटनामा सात जना घाइते भएका छन् ।

काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनी जाँदै गरेको बा५ख २८५ नम्बरको बस आज बिहान ३ः५३ बजे लेवाडे गुम्तीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसमा २१ जना यात्रु रहेको बताइएको छ ।

घाइतेको उद्धार गरी उपचारका लागि पोखरा ल्याइएको छ । घाइतेमध्ये ४ जनाको मणिपाल शिक्षण अस्पताल र ३ जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा पर्वतको जलजला गाउँपालिका वडा नं. ८ का ३६ वर्षीय बलबहादुर फगामी मगर, म्याग्दी मालिकाका ३९ वर्षका टकबहादुर कामी, २५ वर्षीया रञ्जना हमाल, दरवाङकी १५ वर्षीया सबिता श्रीपाली, म्याग्दी मंगला १ की ५७ वर्षीया हीरा केसी, ४५ वर्षीय प्रेम पुन, ५७ वर्षीय तिलक शर्मा रहेका छन् ।

बस चालक बलबहादुर फगामी मगर पनि घाइते भई उपचाररत रहेको र दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button