तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रमुख शर्मासमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेस

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आज महालेखापरीक्षकको प्रतिवेदन पेस गरिएको छ ।

आज महालेखापरीक्षकको कार्यालयका उप–महालेखापरीक्षक बिन्दु बिष्टले प्रदेश प्रमुख शर्मासमक्ष आर्थिक वर्ष २०७९÷८० को छैटौँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

उप–महालेखापरीक्षक बिष्टले प्रदेश प्रमुख शर्मालाई नेपालको संविधानको धारा २९४ को उपधारा (३)बमोजिम छैटौँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख शर्माले आगामी दिनमा प्रदेशसभाले प्रतिवेदनमाथि छलफल गर्ने उल्लेख गर्दै मुलुकको आर्थिक स्थिति सुदृढ गर्न सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जति धेरै बेरुजु घटाउन सकिन्छ त्यति नै धेरै आर्थिक समृद्धि कायम हुने विचारसमेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button