तपाईँ सुन्दै हुनुहुन्छः

लैङ्गिक समानताका लागि समान धारणा र बुझाई आवश्यक : पूर्व राष्ट्रपति भण्डारी


काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताका लागि समान धारणा र बुझाई आवश्यक रहेको बताउनुभएको छ ।

एमाले जनसङ्गठन समन्वय संयन्त्रले आज काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठान भवनमा आयोजना गरेको राष्ट्रिय महिला भेलामा पूर्व राष्ट्रपति भण्डारीले राज्यका महत्वपूर्ण निकायमा एक तिहाइ महिला सहभागिता पूर्ण उपलब्धि नभएकाले थप उपलब्धिका लागि प्रयासहरू जारी राख्नुपर्ने बताउनुभयो ।

उहाँले जलवायु परिवर्तन, खानेपानी, जनस्वास्थ्यका समस्या समाधानका लागि पार्टी सम्वद्ध जनसङ्गठनको अग्रसरता आवश्यक रहेको पनि बताउनुभयो ।

भेलामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक न्यायसहितको समाज निर्माणमा महिला आन्दोलनको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

अध्यक्ष ओलीले समाजको व्यवस्थापन र मानव सभ्यताको विकासमा माहिलाहरूको योगदान रहेको भन्नुहुँदै महिला सहभागितालाई अझ सुढृड तथा स्पष्टताका साथ निर्णायक शक्तिको रुपमा विकास गर्न एमाले सशक्त ढंगले अघि बढिरहेको बताउनुभयो ।

महिला हक अधिकारका लागि एमालेले अग्रस्थानमा सङ्घर्ष गर्दै आएको भन्नुहुँदै अध्यक्ष ओलीले सामाजिक उत्थान र परिवर्तनको साझा आन्दोलन महिला आन्दोलन हुनुपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button