तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डे र दुई मन्त्रीद्वारा शपथ ग्रहण

कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ को (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथग्रहण गराउनुभएको हो ।

यस्तै, मुख्यमन्त्री पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । पाण्डेको मन्त्रिपरिषद्‌मा विन्दुकुमार थापा र टकराज गुरुङ मन्त्री बन्नुभएको हो । कास्कीका बिन्दु थापाले सामाजिक विकास, ऊर्जा, जलस्रोत मन्त्रालय र लमजुङका गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button