तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्र दिवसको उपलक्ष्यमा वीरगन्जमा वृक्षारोपण र सरसफाई

वीरगञ्ज । गणतन्त्र दिवसको उपलक्ष्यमा आज वीरगन्जमा वृक्षारोपण र सरसफाई लगायतका कार्यक्रम गरिएका छन् । वीरगन्जको चिनीमिल परिसमा रहेको प्रसिद्ध पशुपतिनाथ मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो ।

डिभिजन वन कार्यालय पर्साको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका ९५ वटा बिरुवा रोपिएको कार्यालय प्रमुख सुभाष चन्द्र दासले बताउनुभयो । मन्दिर परिसरको खाली जग्गामा रुद्राक्ष, मयूरपंखी र पारिजात फूलका बिरुवाहरू रोपिएको दासले जानकारी दिनुभयो ।

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वृक्षारोपण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

यस्तै गणतन्त्र दिवसकै उपलक्ष्यमा पशुपतिनाथ मन्दिर परिसरमा सरसफाई पनि गरिएको थियो । सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वार्टर पर्साको आयोजनामा मन्दिर परिसरमा सरसफाई गरिएको थियो ।

सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको पनि सहभागिता रहेको थियो । डिभिजन वन कार्यालय पर्साका प्रमुख दासको अध्यक्षता तथा वीरगन्ज महानगरका नगर प्रमुख सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगरका अध्यक्ष जयप्रकाश खेतान, सबैया साझेदारी वन समितिका अध्यक्ष शहरुम राउत गदी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button