तपाईँ सुन्दै हुनुहुन्छः

१२ बुँदे घोषणापत्र जारी गर्दै सार्वजनिक पुस्तकालय सम्मेलन सम्पन्न 

बाँके । १२ बुँदे बाँके गाभर भ्याली घोषणापत्र जारी गर्दै लुम्बिनी र कर्णाली प्रदेशका सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरूको पहिलो प्रदेश सम्मेलन आज सोमबार सम्पन्न भएको छ ।

एक पालिका एक सामुदायिक पुस्तकालय स्थापना, पुस्तकालयहरूका लागि पालिका, प्रदेश र संघीय सरकारबाट आवश्यक बजेट माग गर्ने, पुस्तकालयलाई सक्षम, दिगो, नियमित सञ्चालनको वातावरण, प्रविधिमैत्री र आधुनिक पूर्वाधार विकास लगायत राज्यका नीति, कार्यक्रममा सामुदायिक पुस्तकालय सम्बोधन हुनुपर्ने मागसहित सम्मेलनले १२ बुद्धे घोषणा पत्र जारी गरेको हो ।

प्रदेश सम्मेलनले प्रदेशभरका पुस्तकालयहरू बिच समन्वय, सहकार्य, सिप तालिमको आदानप्रदान गर्ने र दर्ता भएर सञ्चालन हुन नसकेको पुस्तकालयहरूलाई सञ्चालन गर्ने वातावरण बनाउने, पुस्तकालयबाट ज्ञानमूलक, सिपमूलक तालिम र शिक्षा सुरु गर्ने, पालिकास्तरीय सामुदायिक पुस्तकालय संग्राहलय समेत निर्माण गरिने घोषणापत्रमा उल्लेख गरिएको छ । आइतबारबाट सुरु भएको सम्मेलन आज सोमबार सम्पन्न भएको हो । नेपाल सामुदायिक पुस्तकालय संघ लुम्बिनी प्रदेशको आयोजना र संघका प्रदेश संयोजक चेतकान्त भट्टराईको अध्यक्षतामा सम्मेलन सञ्चालन भएको थियो ।

सम्मेलनमा दुई प्रदेशका दुई दर्जन बढी सामुदायिक पुस्तकालयका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, बाँके राष्ट्रिय निकुञ्ज, ज्ञानोदय सामुदायिक पुस्तकालय लगायतका निकायसँगको समन्वय र सहकार्यमा दुई दिने प्रदेश सम्मेलन सञ्चालन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button