तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल विश्वविद्यालय ऐन संशोधन गर्न सांसदहरूको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले नेपालमा विश्व समुदायका विद्यार्थीहरू अध्ययन गर्न आउन सक्ने विश्वविद्यालयको आवश्यकता रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको नेपाल विश्वविद्यालय विधेयकमाथि दफावार छलफल गर्न आज बसेको बैठकमा सांसदहरुले नेपाल विश्वविद्यालयले शैक्षिक क्षेत्रमा विश्वका विद्यार्थीलाई आकर्षण गर्न सक्ने पाठ्यक्रम पढाउने कुराको सुनिश्चिता विधेयमा गरिनुपर्नेमा जोड दिनुभयो ।

कुन क्षेत्रमा कति जनशक्ति आवश्यक छन् भनेर अध्ययन अनुसन्धान गरी त्यसै अनुसारको दक्ष जनशक्ति उत्पादन गर्ने गरी नेपाल विश्वविद्यालय ऐन संशोधन गर्न सांसदहरुले आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button