तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दामा सुनुवाइ जारी

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको मुद्दामा सुनुवाई गरिरहेको छ । 

न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा मुद्दामा सुनुवाई भइरहेको हो । न्यायाधीशद्वय रेग्मी र पोखरेलको इजलासले हेर्दाहेर्दैमा राखेर सुनवाई गर्दै आएको सो मुद्दामा रिट निवेदक र सरकारी पक्षका कानुन व्यवसायीले बहस गरिसक्नुभएको छ। 

रिटमा विपक्षीको बहस र त्यसपछिको जवाफी बहस बाँकी छ । जवाफी बहस सकिएमा सर्वोच्चले आजै निर्णय दिने सम्भावना छ ।  

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रदेश मुख्यमन्त्री अधिकारीविरुद्ध दायर गरेको रिटमा जेठ ८ गतेदेखि बहस सुरु भएको थियो भने जेठ ९ गते सरकारका तर्फबाट बहस भएको थियो । 

मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै बदर हुनुपर्ने माग रिटमा गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button