तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगढ मुग्लिन दुर्घटना : थप एकजनाको मृत्यु 

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा भएको दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रक सहचालक सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका राम्चेका २१ बर्षीय राजन सुबेदी रहेका छन् । उनको आज बिहान ८ बजेर ५५ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ 

राती साढे १२ बजे काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौँबाट महोत्तरीतर्फ आउँदै गरेको ना७ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका थिए । 

दुर्घटनापश्चात् राती सडक अवरुद्ध भएको थियो । आज बिहानदेखि सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button